धनगढी । सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि १८ अर्ब ९२ करोड ऋण स्वीकृत गरेको छ । साउन १२ गते सोमबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले तेस्रो चरणका लागि विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय भएको बताए ।
राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरणको काम पुरा भइसकेको छ । आर्थिक वर्ष २०६७र६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४र७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०र८१ मा सम्पन्न भएको हो ।
अद्यावधिक गुरुयोजना अनुसार २०८२ मसान्तसम्म २९ अर्ब ५९ करोड ७७ लाख रुपियाँको काम हुनुपर्नेमा २० अर्ब ५८ करोड ५६ लाख रुपियाँ बराबरको ९६९।५५ प्रतिशत० काम र ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । पूरा भएको काममा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख रुपियाँ र विश्व बैङ्कको नौ अर्ब ३५ करोड २३ लाख लगानी भएको छ । आयोजनाबाट १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ भने भने ४।७१ मेगावाटको विद्युत् उत्पादन भएको छ ।
रानीजमरा–कुलरियाको १४ हजार तीन सय हेक्टरमा सिँचाइ पुग्ने गरी सम्पन्न सिँचाइ आयोजना र ४.७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको साउन १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।


