धनगढी: बैतडीका बिनोद बिष्टले भारतको हैदराबादमा नेपाली जनप्रतिनिधिहरुलाई स्वागत गरेका छन् । रोजगारीको सिलसिलामा भारतको हैदराबादमै रहेका बिनोदले बैतडी, डडेलधुरा र दार्चुलाका जनप्रतिनिधिको स्वागत गर्दै जनपक्षिय रुपमा काम गर्न सुझाव दिएका छन् । भारतीय राजदुतावासको आयोजनामा राष्ट्रिय ग्रामीण तथा पञ्चायती राज्य संस्थानमा अनुकुलित तालिमका लागि भारतको तेलङ्गाना हैदराबाद पुगेका जनप्रतिनिधिलाई समाजसेवी समेत रहेका विष्टले आफू काम गर्ने होटेलमै लगेर भव्य स्वागत गरेका हुन् ।
बैतडी ९ स्थानीय तहका प्रमुख सहित दार्चुला र डडेल्धुराका गरेर २७ जना जनप्रतिनिधि संग उनले भेट गरेका हुन् । जनप्रतिनिधि संगको भेटमा विष्टले रोजगारीको नारा लाएर मात्रै नहुने भन्दै अब आफ्नै माटोमा गरिखाने वातावरण बनाउन जनप्रतिनिधिलाई आग्रह गरे । देशमा रोजगारी नहुँदा घर खर्च चलाउन विदेश पसेका युवामा आक्रोस र निरासा देखिएको भन्दै उनले जनप्रतिनिधिलाई भरोसायोग्य बन्न आग्रह गरे ।
वाचा गरे अनुसार विकास नहुँदा पछिल्लो समय युवा पुस्तामा राजनीतिक दल प्रति बितृष्ण पैदा भएको पनि उनले स्मरण गराएका छन् । जनतामा देखिएको आक्रोस र निराशालाई ध्यानमा राखेर जनसेवक भएर काम गर्न पनि उनले अनुरोध गरेका छन् । भव्य स्वागतका लागि बिष्ट प्रति जनप्रतिनिधिले आभार प्रकट गरेका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका २ ग्वानी घर भएका समाजसेवी बिनोद विगत एक दशक देखि भारतमा छन् । उनले आफू संगै धेरै जना गाउँ समाजका युवालाई रोजगारी दिएका छन् । समस्यामा परेका हरेक नेपालीको समस्या समाधानका लागि अग्रस्थानमा देखिने विष्ट युवामाझ लोकप्रिय छन् ।
उनले जनप्रतिनिधि संगकाे भेटमा गरेकाे कुराकानी
विनाेद : नमस्कार ! सबै जनालाई स्वागत छ ।
जनप्रतिनिधि : धन्यवाद नमस्कार के छ? तपाँहरुकाे खबर
विनाेद : देशमा राेजगारी पाइदैन प्रदेशमा दुः ख भए पनि मिलिजुलि बसेका छाैँ।
जनप्रतिनिधि : घर तिर जानू हन्न तपाईंहरु कहिले आउनुहुन्छ?
विनाेद :प्रदेशि जीवन न भयाे चाँडपर्वमा समेत छुट्टी मिल्दैन । देशमै बस्ने रहर कस्लाई नहाेला र ? देशको अवस्था देखि हाल्नु भयाे पेट पाल्नै पर्याे । भोट सहि सदुपयोग गर्नु आउँछौ।होला।
विनाेद : जनप्रतिनिधि काम गर्दैनन् आफू मात्रै बने
जनप्रतिनिधि : सकेको जति त गरेकै छौ, आफू भन्दा पनि गाउँ ठाउँकाे विकासमा जुटेका छाैँ।
विनाेद: जनता सचेत भैसके अहिले,काम गर्ने नगर्नेकाे मुल्यांकन हुन थालेकाे छ ।
त्याे त ८४ मा देखाउछ्न कस्ले काम गरेको छ छैन भनेर ।
जनप्रतिनिधि : हुन्छ ,आउनुस,मिलेरै काम गरौंला ।
विनाेद : घर फर्किने वातावरण मिलाउनुस। जनताको बिकासमा डटेर लाग्नुहाेस , बाकि रहेर समय सहि सदुपयोग गरिदिनुहाेस घर अइहाल्छाैनी।
जनप्रतिनिधि: हुन्छ,हामि छुटिन्छौ? घर आएको बेला भेटनु होला।
विनाेद : मैले हाँस्दै भने हुन्छ। सेवा गर्ने मौका दिनु भयो , ८४मा भेटौला।नमस्कार !
छुट्टिने बेला विनाेद: ८४ मा के पाे हुन्छ कुन्नी अहिले प्राप्त पदकाे सहि सदुपयोग गरेर बाँकि रहेको समय जनताको पक्षमा काम गरीदिनुस।


