काठमाडौँ — नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता भएको छ । एकता अभियानका संयोजक वामदेव गौतम औपचारिक रुपमा नेकपा एकीकृतमा समायोजन भएका हुन् । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताका साथै वरिष्ठ नेताको पद पनि दिइने भएको छ । अब पार्टीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेताका रुपमा वामदेव गौतम हुनेछन् ।
पार्टी एकता कार्यक्रम राष्ट्रिय सभागृहमा भएको थियो । दुवै पक्षका नेताहरुले पार्टी एकतालाई वामपन्थी एकताका लागि महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।


