धनगढी । निरन्तर परिरहेको भारी वर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरू डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार बेलौरी क्षेत्रमा मात्रै पछिल्लो २४ घण्टामा २६७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन ‘अति भारी वर्षा’को श्रेणीमा पर्छ । प्रशासनले डुबान जोखिम उच्च रहेको भन्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ । महाकाली नदीको बहाव अघिल्लो दिनको तुलनामा घट्दै गए पनि सोमबार दिउँसो ६७,८२० क्यूसेक मापन गरिएको थियो ।
हाल पनि केही स्थानमा हल्का वर्षा भइरहेकाले रातिको समयमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रहरी प्रशासनले माछा मार्न खोला नालातिर नजान, जथाभावी हिँडडुल नगर्न र कुनै क्षति भएमा नजिकको प्रहरी चौकी वा १०० नम्बरमा तुरुन्त जानकारी दिन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले नागरिकहरूलाई सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन अपिल गर्नु भएको छ । थ
कृष्णपुर नगरपालिका ७, कार्कीकटान गोदावरी खोलाको पानी घरमा पसेपछि कमला पार्कीको घर जोखिममा परेको छ । उनीसहित दुई जना सुरक्षित स्थानमा सारिएका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट टोली खटाइएको छ ।
पुनर्वास नगरपालिका(५, पशुपति चोक कल्पना रिमालको घरसहित करिब ६–७ वटा घर डुबानमा परेका छन् । त्रिभुवनबस्ती प्रहरी चौकीबाट खटिएको टोलीले पीडितलाई छिमेकीका घरहरूमा स्थानान्तरण गरिरहेको छ ।
भीमदत्त नगरपालिका(१९, त्रिवेणी टोल कलावती जोशीको कच्ची घर डुबानमा परेपछि पाँच जनाको परिवारसहित पाँच बाख्रा, दुई गाई र एक भैंसी विस्थापित भई सिद्धनाथ आधारभूत विद्यालयमा सारिएको छ । घटनास्थलमा प्रहरी चौकी बागफाँटाबाट टोली खटिएको छ ।
भीमदत्त नगरपालिका १५, गोबरिया डम्बर राना क्षेत्रीको ुज्योती कृषि तथा पशुपंक्षी फर्मुमा पानी पसेर ५० वटा कुखुरा मरेका छन्, १० कट्टा दाना भिजेका छन् र करिब ३ हजार रुपैयाँ बराबरको औषधी नष्ट भएको छ । अन्दाजी ७२ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । घटनास्थलमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिएको बताइएको छ ।