बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ को ठेउला प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोलीले स्थलगत निरीक्षण गरेको छ । वडा नं ८ को केही ठाउँमा ठेउला संक्रमण भएपछि विश्व स्वास्थ्य संगठनको टोली पुगेर स्थलगत निरीक्षण गरेको हो । टोलीले आज संक्रमित व्यक्तिहरुको स्वाब संकलन गर्नुका साथै रगतको नमूना समेत संकलन गरेको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले बताए । ठेउला संक्रमित व्यक्तिमध्ये ९ जनाको घाँटीको स्वाब संकलन गरिएको छ भने ६ जनाको रगतको नमूना संकलन गरिएको उनले बताए ।
उक्त स्वाब र रगतको नमूना परीक्षणपछि ठेउला नै हो कि अन्य रोग पनि हो भन्ने कुरा पत्ता लाग्ने बोहराले बताए ।