धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको १६औं स्थापना दिवसका अवसरमा महेन्द्रनगर कञ्चनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताए ।
कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवर्द्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छू मुख्यमन्त्री शाहले भन्नुभयो रोजगारी र उत्पादन बढाउने र हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्छ । साथै उहाँले प्रदेश सरकार सुदूरपश्चिम विश्वविद्यालयलाई सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारे । कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना कर्मचारी र प्रद्यापकलाई दीर्घ सेवा पदक एवं प्रमाणपत्र वितरण गरिएको थियो।