धनगढी – कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । बुधबार धनगढी उपमहानगरपालिका– ५ तारानगरबाट स्थानीय २० वर्षीय रिसव चौधरी लागू औषधसहित पक्राउ परेका हुन्।
उनको साथबाट ७० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


