धनगढी: सुदुरपश्चिम प्रदेशसभा सदस्य रमेश सिहं धामीले सुदुरपश्चिममै उत्पादन हुने घरेलु मदिरालाई ब्राण्डिङ गर्न सुझाव दिएका छन् । सोमबार प्रदेशसभाको नवौँ बैठकमा बोल्दै पुर्व मन्त्री समेत रहेका धामीले यहाँ धेरै घरेलु मदिरा उत्पादन तथा बिक्रि वितरण हुँदै आएकोले त्यसलाई अबैध भन्दै नस्ट गर्नुभन्दा प्रसोधन गरी ब्राण्डिङ गरेर बजारमा ल्याउनुपर्नेमा जोड दिए । प्रदेश सरकारको निति तथा कार्यक्रम माथीको छलफलमा भाग लिएका धामीले यहाँको घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा ल्याउन सके अर्थतन्त्रमा ठुलो योगदान मिल्ने बताए ।
गण्डकी प्रदेशमा कोदो र कर्णालीमा स्याउको मदिरालाई ब्राण्डिङ गरेर बजारमा बिक्रि वितरण गरिदै आएको छ उनले भने “हामी सुदुरपश्चिममै जौँ, कोदो तथा चामलबाट बनेको मदिरालाई किन ब्राण्डिङ गर्न सकिरहेका छैनौँ, जसले हामीलाई आर्थिक रुपमा बलियो बनाउँछ ति कार्यक्रम त ल्याउनुपर्छ नी ।” सुदुरपश्चिमको अर्थतन्त्रलाई दीर्घकालिन रुपमा माथी उकास्ने खालका कार्यक्रम निति तथा कार्यक्रममा समावेश हुनुपथ्र्यो त्यसो पाइएन उनले भने “कैलालीलाई दुना टपरीको हवका रुपमा बिकास गर्ने म आफै मन्त्री भएको बेला निर्णय गरेका थियौँ, अहिले यहाँको दुना टपरी काठमाण्डौँ निर्यात भइरहेको छ, यस्ता दीर्घकालिन योजना ल्याए मात्रै प्रदेश उभो लाग्ने हो होइन भने स्वार्थ केन्द्रित कार्यक्रमले सिमित ब्यक्ती उभो लाग्छन् प्रदेशको गति उधोनै हुन्छ ।”
अब समाजवाद उन्मु निति, कार्यक्रम तथा बजेट आउनुपर्नेमा ब्यक्ती केन्द्रित बजेट आउन थालेको दावी गरे । हामीले खोजेको समाजवाद ल्याउन ब्यक्तीको ब्यवहारमा सुधार आउनुपर्ने उनको भनाई छ ।