धनगढी: लगातार ४ वटा रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रथम हुँदै कैलालीले इतिहास रचेको छ । आज सम्पन्न सुदुरपस्चिम प्रदेश स्तरीय १५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कैलाली जिल्ला ३५ स्वर्ण पदक सहित प्रथम भएको छ । धनगढी रंगशालामा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय १५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कैलाली जिल्ला प्रथम भएको हो । कैलालीले १२ रजत र १० कास्य पदक सहित २५ हजार नगद पुरस्कार तथा ट्रफी र मेडल प्राप्त गरेको छ ।
कैलाली जिल्ला निरन्तर प्रथम भएर गत बर्षनै सिल्ड पच गरिसकेको कैलाली जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख आश्रम केसीले बताए । ३ पटक लगातार सिल्ड जितिसके पछि अर्को सिल्ड बनाउनु पर्ने ब्यवस्था अनुसार यो बर्ष अर्को सिल्ड लिन सफल भएको उनले बताए । कैलालीले १२ औं, १३ औं, १४ औं र आज सम्पन्न १५ औं रनिङ सिल्ड प्रतियोगितामा प्रथम हुँदै निरन्तर ४ वटा रनिङ सिल्ड प्रतियोगितामा प्रथम हुँदै इतिहास रचेको उनले बताए ।
प्रतियोगितामा १७ स्वर्ण सहित कंचनपुर जिल्ला दोश्रो भएको छ । कंचनपुरले १२ रजत र ११ कास्य पदक जितेको छ । जिल्लाले नगद १५ हजार पुरस्कार सहित ट्रफी तथा मेडल प्राप्त गरेको छ । यस्तै ७ स्वर्ण सहित बझाङ जिल्लाले तेस्रो स्थान प्राप्त गरेको छ । बझाङले ४ रजत तथा ११ कास्य पदक जित्दै नगद १० हजार तथा ट्रफी र मेडल प्राप्त गरेको छ । यस्तै चौथो स्थान प्राप्त गर्न सफल बैतडीले ३ स्वर्ण, ६ रजत तथा ७ कास्य पदक पाएको छ ।प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक बिकास मन्त्रालयका सचीव डा.हेमराज रेग्मीले पुरस्कार वितरण गरेका थिए ।