धनगढी: उप–प्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिहंले कर्मचारीको गल्तीलाई लिएर मन्त्रीको राजिनामा माग्नु उपयुक्त नभएको बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिहंले कर्मचारीले गलत गरेकै आधारमा गृहमन्त्रीको राजिनामा माग गर्ने बिषय उपयुक्त नभएको बताएका हुन् । अध्यागमनका कर्मचारीले गल्ती गरेकै कारण अख्तियारले छानबिन गरिरहेको सिहंले बताए । अख्तियारको छानबिन चलिरहेकै बेला सोझै गृहमन्त्रीको राजिनामा मागेर सदन अवरुद्ध गर्नु ठिक नभएको उनले बताए । गृहमन्त्रीको नाम अहिले सम्म कतै नजोडिएपनि बिपक्षी दलहरुले राजिनामा मागेको भन्दै उनले आपत्ति जनाए । सदनको अवरोध हटाउन शिर्ष नेताहरु बिच छलफल चलिरहेको बताउँदै सिहंले छिट्टै सदन सञ्चालन हुने बिश्वास ब्यक्त गरे ।
मन्त्री सिहंले हाल सरकार आफ्नो गतिमा अघी बढिरहेको बताए । काग्रेंस भित्रैबाट सरकारको बिकल्प खोजिन थालेको प्रश्नमा सिहंले सरकार ठिक दिशामा अगाडी बढेको दावी गरे । सरकार गठनका बेला भएका सहमती अनुसारनै नेतृत्व अगाडी बढेको बताउँदै उनले गठबन्धनबाट चलेको सरकार एक ब्यक्तीले भनेजस्तै चल्न नसक्ने स्पस्ट पारे । सबिंधान ससोंधन लगायतका बिषय चरणबद्ध रुपमा अगाडी बढ्ने उनको भनाई थियो ।
सिहंले एशियाली बिकास बैकंको श्रृण सहयोगमा कैलाली र कञ्चनपुरमा सञ्चालित योजनाले गति लिइरहेको दावी गरे । सोही योजना अन्तर्गतको गोदावरी नगरपालिकामा फोहोरमैला ब्यवस्थापन केन्द्रको उद्घाटन गरेका मन्त्री सिहंले धनगढीमापनि फोहोरमैला ब्यवस्थापन केन्द्र निर्माण कार्यले गति लिएको बताए ।


