बैतडी–बैतडीमा मिनि ट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका–५ बिष्टपालीमा शुक्रबार राति सवा ९ बजेको समयमा धनगढीबाट बिष्टपाली गइरहेको सु।प।प्र।०१००१ क १८१३ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा सुर्नया गाउँपालिका–५ का ८१ बर्षीय महाबीर बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
मिनि ट्रक ब्याक गर्ने क्रममा सडक छेउमा हिँडीरहेका बिष्टलाई ठक्कर लागेको र उनलाई उपचारका लागि धनगढी लैजाने क्रममा राति ९ बजेर ५० मिनेटमा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए ।


