धनगढी: कैलालीको धनगढिमा अनलाइन मल्टिमिडिया सम्बन्धी दुइ दिने प्रशिक्षण तालिम सुरु भएको छ । सुदुरपस्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा नेपाल पत्रकार महासंघ कैलालिको आतिथ्यमा नेपाल पत्रकार महासंघ सुदुरपस्चिम प्रदेश ले तालिमको आयोजना गरेको हो । प्रदेश स्तरिय दुई दिने प्रशिक्षण तालिमको शनिवार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । पत्रकार महासंघ सुदुरपस्चिमका अध्यक्ष भरत शाहको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी सुदुरपस्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ रहेका छन ।
कार्यक्रम मा बोल्दै प्रदेश प्रमुख मियाँले अहिले पत्रकारिता क्षेत्रमा धेरै चुनौती रहेको बताए । उनले फेसबुके समाचारले पछिल्लो समय मिडिया क्षेत्रमा धेरै अवरोध खडा गरिरहेको बताए । उनले पछिल्लो समय सुदुरपश्चिम प्रदेश पहिलेको तुलनामा धेरै अघि बढिसकेको र त्यसका लागि मिडिया क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताए । ञसुदुरपस्चिम पहिलेको तुलनामा धेरै अघि बढेको छ । पहिले राज्यबाट ओझेलमा परेको रहेछ, तर अहिले बिगतको तुलनामा धेरै परिवर्तन भएको छझ उनले भने ञयो प्रदेश सुदुरपश्चिम नभै सुन्दर पश्चिम रहेछ भन्ने मेरो ठहर छ ।झ उनले यहाँका धार्मिक स्थल, धरोहर, संस्कृति लगायतलाइ हेर्दा यसलाइ पक्कै सुन्दर पश्चिम बनाउन सकिने अवस्था रहेको बताए । त्यसका लागि मिडिया क्षेत्रको भुमिका सवैभन्दा बढी महत्वपूर्ण हुने उनको भनाइ छ ।
त्यसका साथै प्रदेश प्रमुख मियाँले प्रदेशका पत्रकारहरुले सहि समाचार तथा सहि पत्रकारिता मा काम गर्नुहुनेछ भन्ने बिस्वास लिएको समेत बताए । नेपाल पत्रकार महासंघका कैलाली अध्यक्ष श्रवण देउवाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको संचालन महासंघका प्रदेश महासचिव शिवराज भट्टले गरेका थिए ।


