बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गाउँपालिका अन्तर्गत वडा नं ८ स्थित कैलपाल सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत अहेव कृष्णबहादुर साउँदको निधन भएकाले एक दिन शोक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए ।
साउँदको बिहीबार राति ११ बजेको समयमा निधन भएको थियो । साउँदको निधनले गाउँपालिकाले एक कुशल स्वास्थ्यकर्मी गुमाएको सुर्नया गाउँपालिकाले जनाएको छ । साउँदको निधनको शोकमा आज गाउँपालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा शोक बिदा दिइएको जोशीले बताए ।


