धनगढी: कैलालीको धनगढीका एक जना ६ महिनादेखि भारतमा बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–१५ कनरीका अमित चौधरी ४१ वर्षीय अमित चौधरी ६ महिनादेखि भारतमा बेपत्ता भएका हुन्।
धनगढीबाट भारतको बेग्लोर जाने क्रममा उनी कर्नाटक क्षेत्रबाट बेपत्ता भएका परिवारका सदस्यले बताएका छन्। धनगढीबाट ६ जनाको समूहमा गएका चौधरी मात्र बाटोबाटै बेपत्ता भएका हुन्। उनी २०८१ मङ्सिर १३ गतेबाट बेपत्ता भएका छन्। उनलाई फेला पार्नेले ९७७–९७०–७७१७७६५मा सम्पर्क गर्न परिवारका सदस्यले आग्रह गरेका छन्।


