धनगढी । धनगढीमा ‘चैतन्य गन्तव्य कप’ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । गन्तव्य क्याफेको आयोजनामा ‘चैतन्य गन्तव्य कप’ फुटसल टुर्नामेन्ट २०८२’ आयोजना हुने भएको हो । टुर्नामेन्टको मुख्य प्रायोजक चैतन्य पाठशाला तथा सह प्रयोजक मञ्जुश्री फाइनान्स लिमिटेड रहेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिइएको हो ।
जेठ १६ र १७ गते धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा प्रतियोगिता आयोजना हुने गन्तब्य क्याफेका सञ्चालक उमेस थापाले बताए । व्यस्त दैनिकीमा स्वस्थ पनि रहनुपर्छ भन्ने सन्देश दिनुका साथै विभिन्न ठाउँमा रहेकाहरुबीच मित्रवत् सम्बन्ध स्थापित गर्ने उद्धेश्यले फुटसल टुर्नामेन्टको आयोजना गरिएको उनले बताए ।
प्रतियोगिता संयोजक सन्दिप कुँवरका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रो हुने टिमलाई पुरस्कारस्वरुप ३१ हजार रुपैयाँ प्रदान गरिने छ । टुर्नामेन्ट अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्नेहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । जसअन्तर्गत बेस्ट प्लेयर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट स्कोरर लाई पुरस्कार प्रदान गरिनेछ । टुर्नामेन्टमा देशभरका जुनसुकै स्थानबाट पनि सहभागी हुन सकिने आयोजकले जनाएको छ । तर, टुर्नामेन्टमा सहभागी हुने खेलाडीको उमेर ३० वर्षमाथिको हुनुपर्नेछ भने इन्ट्री शुल्क ५ हजार ५ सय तोकिएको छ ।
प्रतियोगितालाई सम्पन्न गर्न चैतन्य पाठशालाले आवश्यक सहयोग गरेको पाठशालाका कार्यकारी अधिकृत गणेस प्रसाद जोशीले बताए । चैतन्य पाठशालाले फुटसल सगैं अन्य बिभिन्न खेल क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए ।