धनगढी । एकीकृत समाजवादीका महासचिव घनस्याम भुसालले धनगढीमा आयोजित पार्टीको विस्तारित बैठकलाई सम्वोधन गर्दै भने स हाल गृहमन्त्रीको भिजिट भिसा काण्ड सामान्य हो । यस्ता काण्ड त दिनकै कति छन् कति यो अलि ठुलो मान्छेसँग जोडिएको हुनाले बाहिर आएको बताए।
“सुखी नेपाली, समृद्ध नेपाल” यो हामीले तयार गरेको अवधारणा हो । यसमा ओली जी पुरै अनविज्ञ छन् । उनको लागि यो अवधारणा संस्कृतको मन्त्र जस्तै हो । खासै नबुझ्ने तर हरेक पटक जपी रहने गरी रहन्छन् ।
हामीले संविधानको संरक्षण गर्नको लागि ओली जीलाई छोडेको बताए। नेता भुसालले थप्दै भने संविधानको मर्म र समाजवादको लागि हामीले कांग्रेस र माओवादी सँग गठबन्धन भन्ने फिरौती गरको समेत भन्न भ्याए।
८४ सम्म कांग्रेस , एमाले खोज्नु पर्ने अवस्थामा पुग्छन् भने ओली जी सात जन्मसम्मको लागि राजनीति गर्न अयोग्य रहेका पात्र हुन । यीनको नालायकीपन अव धेरै टिक्नदैन्न । यीनका बहुरङ्गी संसद ८४ सम्म रहन्छन् । बाँकी भन्न सकिँदैन भन्दै सरकार माथि व्याङ्ग्य प्रहार गरे ।
यति हुँदाहुँदै नेता भुसालले राजाको वारेमा समेत कटाक्ष गरे । राजा आए पनि अस्थिरता रहि रहिरहने बताए। यो अवस्था आउनु मुख्य कारण सत्ताधारी गणतन्त्रले गणतन्त्रको मुल्य नै नबुझ्दा यस्तो भैरहेको बताए ।
तर नेता भुसालले माओवादीकोका अध्यक्ष प्रचण्डको भने तारिफ गरे । प्रचण्ड जी सँग अरु भन्दा केही बढी राजनीतिक कुशलता रहेको अभिव्यक्ति दिए।


