धनगढी : भारतको खक्रौलामा नेपाल-भारत सिमा समन्वय बैठक सम्पन्न भएको छ । उत्तर प्रदेश अन्तर्गत लखिमपुर खिरि जिल्लाको खक्रौलामा शनिबार बैठक सम्पन्न भएको हो ।
भारतीय सशस्त्र सीमा बल, 3rd बटालियन, लखिमपुर खिरीको आयोजनामा (IST) at Coy HQ, खक्रौला भारतमा आयोजित मासिक सिमा समन्वय बैठकमा भारतीय सशस्त्र सिमा बल तेस्रो बटालियनका Commandant देवानन्द, जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण धनगढी कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रन्जित र ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नबिन राज बुढाथोकी समेत सहभागी थिए । जम्मा १० जना सहभागी बैठकले विभिन्न बिषयहरुमा समन्वय तथा सहकार्य गर्ने गरि छलफल गरेको छ ।

बैठकमा दुबै पक्षको समन्वय र सहकार्यमा सीमा क्षेत्रबाट हुने लागु औषध तस्करी नियन्त्रण तथा सूचना आदान-प्रदान गर्ने, सीमा क्षेत्रमा हुने आपराधिक घटनामा दुबै पक्षबाट सूचना आदान-प्रदान गर्ने, नियमित रुपमा सीमा क्षेत्रमा हुन सक्ने अपराधहरुलाई कम गर्न तथा घटित अपराधको अनुसन्धान गर्न एक आपसमा समन्वय तथा सहकार्य गर्ने गरि छलफल भएको छ । यस्तै सीमा नाकाबाट भईरहेको मानव बेचबिखन अपराधलाई दुबै पक्षको सहकार्यमा नियन्त्रण गर्ने तथा पीडितको उद्दार व्यवस्थापनमा सहकार्य गर्ने, नेपाल भारतको सीमामा रहेका सीमा स्तम्भहरुको अनुगमन तथा अतिक्रमण भएका स्थानहरुमा दशगजा क्षेत्र कायम गर्न आवश्यक समन्वय गर्ने, सीमा क्षेत्रमा हुने नक्कली नोटहरुको कारोबार सम्बन्धमा दुबै पक्षहरु बीच एक आपसमा समन्वय तथा सहकार्य गर्ने विषयमा छलफल गरिएको छ ।


