धनगढी: सुदुरपश्चिमकै प्रशिद्ध धार्मिक एवं पर्यटकिय स्थलमा शुरु हुन लागेको गगां दशहरा पुजामा आउने भक्तजनको समस्यालाई सम्बोधन गर्न अपागंतामैत्री सामग्री सहयोग गरिएको छ । धनगढी उपमहानगरपालिका १६ मा रहेको बेहडाबाबा मन्दिरमा यही जेठ २२ गतेदेखी गगां दशहरा पुजा शुरु हुँदै छ । सोही मेलामा आउने भक्तजनहरुलाई लक्षित गरेर लाईफ केयर सर्जिकल सप्लायर्स धनगढी कैलालीका संचालक राहुल जोशीले एक थान ह्वूलचियर सहयोग गरेका हुन् ।
पुजामा आउने विशेष गरि शारीरिक अशक्त , अपाङ्गता भएका ब्यक्ति , ज्येष्ठ नागरिक र अन्य दीर्घ रोगबाट ग्रसित श्रद्धालु भक्तजनहरु जो सजिलोसँग हिंड्न् सक्नुहुन्न र टाढा टाढाबाट दर्शन गर्न आउँने र मन्दिरको गेटमा पुगेपछि गाडीबाट उत्रेर मन्दिर भित्र पुजा गर्न जादा कसैको सहारा वा कसैले बोकेर भित्र लगिदिनु पर्ने अवस्थालाई मध्यनजर गरि अशक्त, अपाङ्गता र ज्येष्ठ नागरिकका लागी उनले एक थान ह्वूलचियर सहयोग गरेका हुन् ।
आज धनगढी उप-महानगरपालिका १६ का वडा अध्यक्ष रामलाल चौधरी, रक्तदाता एवं सुदूरपश्चिम प्रदेशका स्वास्थ्य दुत दिपक नेपाल ,अपाङ्गता अधिकारकर्मी नन्दराज भट्टको उपस्तिथिमा बेहेडा बाबा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष खेम चन्दलाई १ थान व्हीलचियर हस्तान्तरण गरिएको हो ।