कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरले लागूऔषध (खैरो हिरोइन) मुद्दामा १ महिना ३ दिन कैद सजाय तोकिएको कृष्णपुर नगरपालिका–५ पबित्रा बस्ती बस्ने २४ वर्षीय प्रकाश सुनार र सोही मुद्दामै ९ महिना १३ दिन कैद सजाय तोकिएको कैलालीको गोदावरी नगरपालिका–५ बस्ने २२ वर्षीय शिव राज भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सजाय ठहर भएपछि फरार रहेका दुबै जनालाई मंगलवार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।
कञ्चनपुरमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
कञ्चनपुरमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

