डाेटी —चट्याङ लागेर मृत्यु भएकाकाे परिवारलाई सायल गाउँपालिकाले राहत स्वरूप ५० हजार रूपैयाँ दिने घाेषणा गरेकाे छ ।
सायल गाउँपालिका वडा नं. ६ दल्लेखकी ३३ वर्षीया कमला नागरीकाे बुधबार राति चट्याङ लागेर मृत्यु भएकाे थियाे भने उक्त घटनामा उनका छोराछोरीसहित ७ जना घाइते भएका थिए ।
गाउँपालिका अध्यक्ष धर्म जाेशीले यथाशीघ्र कार्यपालिकाबाट निर्णय गराइ राहत रकम उपलब्ध गराइने बताए । आमा कमलाकाे मृत्यु भएपछि ३ महिने शिशु सहित बालबालिका अलपत्र परेका छन् ।
उनीहरू समेत चट्याङ लागेर सामान्य घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ । उनीहरूकाे जिल्ला अस्पताल डाेटीमा उपचार भइरहेकाे छ ।
३ महिने शिशु शंकर नागरी आमाकाे दूध चुस्न नपाउँदा अस्पतालमा चिच्याइरहेका छन् । अस्पतालकी जनरल वार्डकी स्वास्थ्यकर्मी विपना जाेशीले शिशुलाई ल्याक्टाेजिन अस्पतालले खुवाइरहेकाे बताइन् ।
मृतक कमलाका श्रीमान् लहरी राेजगारका लागि भारतमा छन् ।