धनगढी । लामो समयसम्म जग्गा प्राप्ती मै रुमल्लिएको धनगढीको फोहरमैला ब्यवस्थापन केन्द्र निर्माणको कार्य पछिल्लो समय तीब्र गतिमा अघि बढेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा धनगढी उपमहानगपालिका वडा नम्बर ७ पटेलाको बनमा फोहरमैला ब्यवस्थापन केन्द्र निर्माण भईरहेको हो । निर्माणको ६५ प्रतिशत कार्य पुरा भएको छ । चीनको सेचुवान प्रोभेन्स जिओलोजिकल ईन्जिनियरिङ कम्प्लेक्सका कन्ट्रयाक्टल तोकिएको समयसीमा भन्दा ६ महिना अगाडी नै निर्माण सक्ने दावी गरेको छ ।
धनगढी उपमहानगरपालिकाले २०८० सालको चैतमा मात्र फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गाको भोगाधिकार प्राप्त गरेको हो । २०८१ सालको जेठबाट २ वर्ष अथवा २०२६ को अप्रिलभीत्र निर्माण गरिसक्ने गरी सम्झौता भएको छ । कन्ट्रयाक्ट म्यानेजर पाण्डेल १० महिनामा ६५ प्रतिसत काम सम्पन्न गरिसकेको बताए ।
फोहरमैला ब्यवस्थापन केन्द्रका लागि २ वर्ष अघि अथवा सन २०२२ मै ठेक्का भईसकेको भएपनि बनले जग्गाको भोगाधीकार नदिएका कारण निर्माणमा ढिलाई हुदै आएपनि अब समय भन्दा पहिले नै काम पुराहुने देखिएको निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर तथा ईन्जिनियर असोक पाण्डेले जानकारी दिए । धनगढीमा अहिले १६ देखि २० टन प्रतिदिन फोहर उत्पादन भईरहेको उपमहानगरले जनाएको छ । दैनिक २२ टन फोहर खपत हुने उक्त प्लान्टमा पहिलो चरणमा तीन प्रकारको बर्गिकरण गरिनेछ । नकुहिने जस्तै फलाम र सीसाजन्य, कुहीने पदार्थ र लेदो फोहरलाई बर्गिकरण गरिने छ ।
एसियाली विकास बैंक (एडिबी) को ऋण लगानीमा सुदूरपश्चिमका चार वटा स्थानीय तह कैलालीका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरका भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा फोहरमैला ब्यवस्थापन केन्द्र निर्माणको ठेक्का भएको थियो । यसअघि धनगढीको वडा नम्बर २ मा केन्द्र बनाउने भनि जग्गा हेरिएपनि स्थानीयले विरोध गरेपछि केन्द्रको निर्माणस्थल वडा नम्बर ७ को पटेला सारिएको हो ।