धनगढी: आफ्नो जन्मदिनको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस सुदुरपस्चिम प्रदेश सदस्य हेमराज ढुंगाना खत्रीले नेपाल बाल संगठन कैलालीमा आश्रीत बालबालिका लाई खाना खुवाएका छन् । जन्मदिन लाई तडक भडकका साथ मनाउनु भन्दा यस्तै आश्रीत नागरिक एवं बालबालिका लाई सहयोग गर्नुपर्छ भन्ने उद्देशले बाल संगठनमा रहेका बालबालिकाका लागी सामान्य रकम भएपनि सहयोग गरेको उनले बताए ।
२१ जना बालबालिका रहेको बाल संगठन लाई एक छाक खानाका लागी सो रकम सहयोग गरेको उनले बताए । संगठनका अध्यक्ष चुडामणि भट्टलाई बालबालिकाका लाई एक छाक खानाका लागि सानो रकम सहयोग गरेको खत्रीले बताए


