धनगढीः नेपाल पत्रकार महासंघ कैलालीको सह सचिवमा स्टेटसेभेन अनलाइनका सम्पादक शकंर बोहरा निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ कैलालीको २७ औँ साखा अधिवेशनबाट बोहरा निर्बिरोध सह सचिवमा निर्वाचित भएका हुन् । यस्तै नेपाल पत्रकार महासंघ कैलालीको खुला सदस्यमा स्टेटसेभेन अनलाइनका सह सम्पादक दिनेश बिष्ट निर्वाचित भएका छन् । बिष्ट ९६ मतका साथ सदस्यमा निर्वाचित भएका हुन् ।
पत्रकार महासघं कैलालीको अध्यक्षमा श्रवण देउवा निर्बिरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा बिराज रोश्यारा, महिला उपाध्यक्षमा भावना जोशी निर्बिरोध, सचिवमा तेजराज भट्ट, सह सचिव खुलामा सम्पादक बोहरा तथा समावेशीमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका छन् ।
खुला सदस्यमा सह सम्पादक बिष्ट सहित बालकृष्ण ओझा कैलाश जोशी, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकु सिंह ठकुरी र चन्द्र प्रसाद खनाल विजयी भएका छन् । यस्तै महिला सदस्यमा अनिता चौधरी दलित सदस्यमा विवेक कुमार नागरी, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका छन् ।