धनगढी: व्यवसाय प्रवर्धनका लागि युवा उद्यमीलाई तालिम दिइएको छ । युवा उद्यमी मञ्च कैलालीको आयोजनामा धनगढीमा युवा उद्यमीहरुलाई व्यवसाय प्रवर्धनका लागि तालिम दिइएको हो । कैलालीमा युवा व्यवसायीलाई युवा उद्यमी मञ्च कैलालीले दिएको यो सबैभन्दा ठुलो तालिम हो । अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मान्सी अग्रवालले युवा व्यवसायीलाई प्रशिक्षण दिएकी छन् । तालिममा नेटवर्किङ, ब्राण्डिङ लगायतका विषयमा प्रशिक्षण गराइएको छ । तालिममा एक सयभन्दा बढीको सहभागिता रहेको थियो ।
युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष ईन्जिनियर तर्कराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए । युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठ विशिष्ठ अतिथि रहेको कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा अतिथि रहेका थिए ।