धनगढी: धनगढीका युवा ब्यवसायी घनश्याम भट्टले ‘दिन पुगोस, खान पुगोस’ अभियान शुरु गरेका छन् । चिसो मौसममा कपडा अभावले समस्याग्रस्त धनगढीका नागरिकहरुलाई सेवा दिने उद्देश्यका साथ ब्यवसायी भट्टले सो अभियान थालेका हुन् । आज एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित निङ्लासैनी बिद्यापिठमा अध्यायनरत बटुकहरुलाई सिरक वितरण गर्दै सो अभियानको सुभारम्भ गरिएको हो ।
आज मात्रै धनगढीका पाँच वटा बिपन्न परिवारलाई सिरक बाडेका भट्टले धनगढी स्थित बेसाहाराको साहारा दृष्ठी फाउण्डेशनमा पनि सिरक सहयोग गरेका हुन् । ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत बिपन्न समुदायमा सिरक वितरण गरिने भट्टले बताएका छन् । चिसो मौसममा न्यानो कपडा किन्न सक्ने क्षमता नभएका नागरिकलाई लक्षित गर्दै यो अभियान शुरु गरिएको उनले बताए । धनगढी उपमहानगरपालिकाभित्र भएका बिपन्न परिवारलाई चिसो मौसमभरी सिरक वितरण गरिने उनले बताए ।
हाम्रो अभियान भनेको गरिबिकै कारण चिसोले नागरिक समस्यामा नपरुन भन्ने हो उनले भने“ब्यवसाय गरेर आएको फाइदाबाट केही रकम समाजमा खर्च गरौँ भन्ने मनसायका साथ यो अभियान शुरु गरेका छौँ, तपाइहरुका ठाउँमा वातविक समस्यामा परेका कोही हुनुहुन्छ भने सम्पर्क गर्नुहोला तर सिरक, कम्बल किन्न सक्ने क्षमता भएकाहरुलाई सहयोग गरिने छैन, एकदमै समस्यामा परेका नागरिकलाई चिसोबाट बचाउने हाम्रो उद्देश्य हो, पछि सके भने अन्य कार्यक्रम पनि सञ्चालन गर्ने छौँ ।”