धनगढीः कैलालीमा झन्डै तीन किलो चरेशसहित २ जना पक्राउ परेका छन्। लम्किचुहा नगरपालिका-३ चिसापानी खैरेनीमा पूर्व पश्चिम राजमार्गको दक्षिण तर्फबाट कालिकोटको पचालझरना गाउँपालिका-६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढालाई २ केजी ७५ ग्राम चरेशसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलाली र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुवै जनालाई शुक्रवार नियन्त्रणमा लिएको हो।
कैलालीमा झन्डै तीन किलो चरेशसहित २ जना पक्राउ
कैलालीमा झन्डै तीन किलो चरेशसहित २ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

