धनगढी । कञ्चनपुरमा दोस्रो राष्ट्रिय र्यापिड तथा ब्लिट्ज बुद्धिचाल च्याम्पियनसिप सुरु भएको छ । काठमाडौँ स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघले बेदकोट नगरपालिका – ८ सँगको सहकार्यमा बुद्धिचाल प्रतियोगिता सुरु हुन लागेको हो ।
बुद्धिचाल प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका छन । प्रतियोगिताको उद्घाटन गर्दै उनले सबै कार्यका लागि बौद्धिकता र बुद्धि आवश्यक पर्ने भन्दै बुद्धिचाल प्रतियोगिताले नयाँ सन्देश दिने बताए । उनले खेलकुदले स्वस्थ रहनका साथै यसको माध्यम बाट देश विदेशमा चिनाउन सहयोग बताए ।
उनले सुदूरपश्चिम प्रदेशमा पर्यटन र धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै प्रचार प्रसार र प्रवर्द्धन गर्न अवयस्क रहेको बताए । टावर बनाउने काममा र अनुत्पादक क्षेत्रमा राज्यको पैसा खर्च भइरहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले समाज र जनतालाई फाइदा हुने क्षेत्रमा पैसा खर्च गर्नु पर्ने र दिगो विकासमा जोड दिनुपर्ने बताए ।
आफ्नो प्रधानमन्त्री कालमा सबै क्षेत्रमा समानुपातिक ढङ्गबाट विकास गर्न आफूले प्रयास गरेको उनको भनाइ रहेको छ । काठमाडौं स्पोर्ट्स एकेडमी, नेपाल बुद्धिचाल महासङ्ग को आयोजना र बेद्कोट नगरपालिका –८ को सह आयोजनामा बेदकोट नगरपालिका ८ गैलनदिमा कार्यक्रमको आयोजना गरिएको छ ।
प्रतियोगिता तीन विधामा हुने जनाइएको छ । जसअन्तरगत बुद्धिचाल खेलको आधिकारिक च्याम्पियनशीप दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशीप–२०८१, प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्याम्पियनशीप–२०८१ र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०८१ आयोजना हुने छ ।
प्रतियोगिता कार्तिक ७ सम्म चल्ने प्रतियोगिता संयोजक नारायण गोबारले बताए । प्रतियोगितामा ६५ जना खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ । तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०८१ के प्रथम पुरस्कार ६० हजार छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेसहित २५ खेलाडीलाई २ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
दोस्रो राष्ट्रिय (यापिड बुद्धिचाल च्याम्पियनशीप–२०८१ को प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ३० हजार रुपैयाँ प्रदान गरिने छ । यो प्रतियोगितामा प्रथमसहित २० खेलाडीका लागि १ लाख ३१ हजार ५ सय राशी छ ।
प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्याम्पियनशीप–२०८१ को प्रथम पुरस्कार राशी २५ हजार राखिएको छ । प्रथम सहित २० जना खेलाडीलाई ८३ हजार ५ सय पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको नेकपा एकीकृत समाजवादीका अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री एनपी साउँद पनि सहभागी हुने जनाइएको छ ।