धनगढी: कैलालीको धनगढीबाट प्रतिबन्धित औषधी बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – २ बैयावेहडी चोकमा रहेको केयर फस्ट फार्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्री गरिरहेको अवस्थामा फार्मेसी सञ्चालक कञ्चनपुरको वेदकोटन गरपालिका – ५ का २३ वर्षीय दीपक राज जोशीलाई पक्राउ गरेको हो ।
उनलाई फार्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल बिक्री वितरण गरी रहेको अवस्थामा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले उक्त औषधी सहित फार्मेसी सञ्चालक जोशीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।