धनगढी: कैलालीको धनगढीमा सांस्कृतिक महोत्सव हुने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशको आयोजना असोज ३ गतेदेखि महोत्सव आयोजना हुने भएको हो । मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले असोज ३ गतेदेखि ८ गतेसम्म धनगढीको खुला मञ्च महोत्सव आयोजना गरिने जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष निलगगन सिंहले महोत्सवमा ख्याति प्राप्त कलाकारकारको उल्लेख्य उपस्थिति रहने बताए । महोत्सवबाट संकलित रकमबाट राष्ट्रिय संगीत कर्मी गोपाल सुचिकारका छोराको उपचारमा सहयोग गरिने जनाइएको छ । महोत्सवमा प्रवेशका लागि एक सय टिकट मूल्य तोकिएको छ भने विद्यार्थीलाई ५० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।