धनगढी कैलालीको धनगढी स्थित खुटिया नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ भने एक बालिकाको उद्धार गरिएको छ । आइतबार दिउँसो धनगढी उप–महानगरपालिका – १५ र ७ को बिचमा पर्ने बेली पुल नजिकै खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका – १४ का महादेव अवस्थीको छोरी १६ वर्षीय जेनिशा अवस्थीको मृत्यु भएको हो ।
नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएकी उनको शव नुहाइरहेको स्थानभन्दा ५ मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सँगै नुहाउन गएकी उनकी बहिनी १४ वर्षीय सवि अवस्थीको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको सेती प्रदेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सिरियस रहेको प्रहरीको भनाइ छ ।