धनगढी: गएराती धनगढीको मिलनचोक स्थित नेपाल आयल निगम सुदुरपश्चिम प्रदेश वितरण केन्द्रको ट्याङकर पार्किङ क्षेत्र मिलनचोकमा दुई जना ट्याङकर चालक र सह चालक माथी खुँडा प्रहरार भएपछि ट्याङकर क्षेत्र मात्रै नभएर सिगों मिलनचोक क्षेत्र आतकिंत बनेको छ । पार्किङ गरिएको ट्याङकर भित्रै गएर चालक हरि देउवा र सह चालक अनिल देउवामाथी खुडा प्रहरा भएपछि उनिहरु आतकिंत बनेका हुन् । हतियारधारी समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक र सह चालक घाइते छन् । दुवै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । खुँडा प्रहार हुँदा हात र टाउकोमा गम्भिर चोट लागेका उनिहरुको उपचार भइरहेको छ । चालक हरि देउवाको हातमा ठुलो घाउ भएका कारण सल्यक्रिया गरिएको छ । ट्याङकरमै सुतेका बेला एक्कासी आएका ३ जनाको समुहले आफु र सह चालकलाई खुँडा प्रहार गरेको घाइते हरी देउवाले बताए । ट्याङकर कुर्नुपर्ने भएका कारण राती सुतेकै अवस्थामा खुँडा प्रहरा भएपछि उनलाई अन्य ट्याङकर चालकले रातीनै अस्पताल ल्याएका थिए ।
चालक सह चालक माथी खुँडा प्रहारका साथै सो समुहले ५ वटा अन्य ट्याङकरमा समेत तोडफोड गरेका छन् । जसका कारण चालक तथा सह चालक ट्याङकर पार्किङ क्षेत्रमा नबस्ने बताइरहेका छन् । मिलनचोक स्थित प्रहरी बिटकै अगाडी रहेको पार्किङ क्षेत्रमा चालक सह चालक माथी खुँडा प्रहार हुनुका साथै ट्याङकरमा समेत तोडफोड भएपछि उनिहरु शुरक्षाको माग गरिरहेका छन् । नेपाल यातायात मजदुर सगंठन ट्याङकर इकाई कमिटि धनगढीका सचिव राम सिहं बोहराले शनिबार रातीको घटनाले पार्किङ क्षेत्रमा बस्ने वातावरण नरहेको बताए । शुरक्षाको ग्यारेन्टी नभए चालक सह चालकले ट्याङकर कुर्न नसक्ने उनले बताए । राती ट्याङकर चालक र सह चालक माथी खुँडा प्रहार पछि आतकिंत बनेको मिलनचोक क्षेत्र अब ट्याङकरनै अशुरक्षित हुने चिन्तामा छ । ट्याङकर भित्रै पसेर खुँडा प्रहार गर्नेले ट्याङकरमाथी आगो लगाउन सक्ने भन्दै ब्यवसायीहरु समेत चिन्तित छन् । खुला रहेको ट्याङकर पार्किङ क्षेत्रमा यस्ता अराजक ब्यक्तीहरुबाट जेपनि हुन सक्ने भन्दै ट्याङकर ढुवानी ब्यवसायीहरुले शुरक्षाको माग गरेका छन् ।
चालक सह चालकलाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विवाद सिर्जना गराउने भनिएका ट्याङकर सहचालक डोटीको जोरायल गाउँपालिका–१ का बिक्रम मल्ल, दिपायल सिलगढी नगरपालिका–३ का अरुण बोगटी, धनगढी–२ बस्ने १६ वर्षीय पुस्कर धामी, इसान गुरुङ र सनम राई रहेका छन् । उनीहरु मध्ये मल्ल र बोगटीलाई गएराति र अन्य तीन जनालाई आइतबार पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी पदमबहादुर बिष्टले जानकारी दिए । ट्याङकरका चालक र सहचालकमाथि आक्रमण गरि धारिलो हतियार प्रहार गर्ने मुस्कान सिंह सहितका केही व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको बिष्टले बताए ।