धनगढी: सुदुरपश्चिमका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीको दुबै मृर्गौला काम गर्न छोडेपछि उनको स्वास्थ्य अवस्था जटिल छ । अर्कोतिर जनताले दिएको । मन्त्री चौधरीले भने, ‘मेरो नियमित डायलसिस नै हुन्छ, हप्ताको तीन पटक । यो बजेट निर्माण गर्नुभन्दा पहिले मृर्गौला ट्रान्सपलान्टको तयारीमा थिएँ । पछि मन्त्रालयको जिम्मेवारीसँगै बजेट निर्माणका कार्य प्रारम्भ भएपछि यसैमा लागेको छु । अब सरकारको नयाँ बजेट आइसकेपछि ट्रान्सपलान्ट गर्न जाने तयारीमा छु ।’
उसो त उनको यो समस्या अहिलेको भने होइन । अभिनयसँगै राजनीतिमा होमिएका उनी २०६४–०६५ ताका थारु भाषाको ‘भुइचाल’ निर्माणको क्रममा मृर्गौलामा समस्या देखिएको स्मरण गर्छन् । पछिल्लो पटक भने उनीमा यहि गएको जेठ २० गते मृर्गौलामा जटिल समस्या देखियो । उनी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका छन् भने यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालका साथै नवजीवन अस्पतालमा डायलसिस गराउँदै आएका छन् ।
उनको २ पटक मृर्गौलाको अप्रेसन भइसकेको छ । पहिलो पटक २०६५ मा अप्रेसन हुँदा उनलाई आफ्नै आमा सुरतकुमारी थरुनीले आफ्नो एउटा मृर्गौला दिएकी थिइन् । ०७२ मा अप्रेसन हुँदा उनकी कान्छी बहिनी असर्फी चौधरीले आफ्नो मिर्गौला दिइ जीवनदान दिएका थिए । पछिल्लो समय पनि मृर्गौलाले काम गर्न छोडेपछि उनी पुनः मृर्गौला ट्रन्सप्लान्टको तयारीमा जुटेका छन् । कैलाली निर्वाचन क्षेत्र नं. १ (२) बाट नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीको यो मन्त्रीको दोस्रो कार्यकाल हो । यसअघि उनी सामाजिक विकास मन्त्री भइसकेका छन् ।