धनगढी: अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन सुदुरपश्चिम प्रदेश कमिटिले तिज मिलन कार्यक्रमको आयोजना गरेको छ । धनगढी स्थित एमाले मनमोहन स्मृती भवनमा तिज मिलन कार्यक्रमको आयोजना गरेको हो । एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदस्य भगवती बमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बमले तिजलाई भडिकलो नभई आपसी सद्भाव बढाउने र दुखसुख साट्ने पर्वका रुपमा मनाउन आग्रह गरिन् । तिजलाई पछिल्लो समय फेसनका रुपमा मनाउन थालिएको छ उनले भनिन् “तिजलाई गरगहना, साडी, चोलो प्रदर्शन गर्ने पर्वका रुपमा नमनाऔँ, खाने लाउने कुरामा प्रतिस्प्रधा नगरौँ, हाम्रो संस्कृती अनुसार सकेसम्म मौलिक रुपमा तिज मनाउने प्रयास गरे, सबैका लागी सहज तिज बन्ने छ ।”
अनेरास्वबियु बिभिन्न बिपत्तिमा समेत जनताको सारथी बनेको उल्लेख गर्दै सदस्य बमले बिद्यार्थी सगंठन सधैँ गरिव दुखीको साहारा बन्नुपर्नेमा जोड दिइन् । अनेरास्वबियु सुदुरपश्चिम प्रदेश अध्यक्ष मनोज राइले महिला दिदि बहिनिहरुलाई एक छाक खाना खुवाउ भनेर तिजको पुर्वसन्ध्यामा कार्यक्रम आयोजना गरेको बताए । महिलाहरुको महान चाड तिजमा सबैसगं भेटघाट होस र आपसी सद्भाव कायम गर्ने उद्देश्यले यो कायृक्रम जुराएको उनले बताए । कार्यक्रममा एमाले धनगढी उपमहानगर कमिटि अध्यक्ष अम्बिका बिष्ट मल्ल, अनेरास्वबियु केन्द्रिय सदस्यहरु, लगायत नेताहरुको सहभागिता थियो ।



