डडेल्धुरा: डडेल्धुरामा एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । आलिताल गाउँपालिका–६ धिमडाबाट एकनाले भरूवा बन्दुक र सो बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित उक्त वडाको फल्ले खर्कका ५१ वर्षीय वीरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार राति बन्दुकसहित पक्राउ गरेको हो । दुबै जनामथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
डडेल्धुरामा भरूवा बन्दुकसहित दुई जना पक्राउ
डडेल्धुरामा भरूवा बन्दुकसहित दुई जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

