धनगढी: कैलाली जिल्ला कारागारमा लागुऔषध सम्बन्धी मुद्दाका कैदी बढेका छन् । कारागारमा जम्मा ५ सय ५६ कैदी रहेकोमा ति मध्ये १ सय ७७ जना लागुऔषध मुद्दाका मात्रै कैदी रहेका छन् । कैलाली जिल्ला अदालततको तथ्याकं अनुसार गत आर्थिक बर्षमा ५ सय ३९ मुद्दा लागुऔषध सम्बन्धी दर्ता भएका थिए । ति मध्ये ४ सय ३१ वटा मुद्दाको सुनुवाई भएको छ । ति मध्ये १ सय ४० जनालाई कैद भुक्तानका लागी कैलाली जिल्ला कारागार चलान गरिएको थियो ।
कारागारमा लागुऔषध मुद्दाका १ सय ७७ जना मध्ये ३७ जनाको अन्तिम सुनुवाई हुन बाँकी छ । १४० जना लागुऔषध मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका छन् । कैलाली जिल्ला अदालतका अनुसार सम्बन्ध बिच्छेद, बैकिंङ, कसुर लागुऔषध लगायतका मुद्धाको सख्यां सबैभन्दा उच्च छ । जिल्ला अदालतका प्रमुख नायाधिश दण्डपाणि लामिछानले लागुऔषधमा देशभरीकै ५ टप जिल्लाभित्र कैलाली परेको बताए । खुल्ला सिमानाका कारण पनि लागुऔषध कारोबार तथा सेवनका घटनामा कमी नआएको हुनसक्छ उनले भने “कारागारमा क्षमता भन्दा बढी मान्छे छन्। फेरि पनि समाजमा यो अपराध किन घटिरहेको छैन ? तराइमा यो समस्या छ, कैलालीमा अझ बढी छ। खुल्ला सिमानाका कारणले समेत हुन सक्छ ।”
कैलाली जिल्ला कारागारमा ४९६ पुरुष, ५८ महिला र २ जना बालक गरेर ५५६ जना रहेका छन् । कारागार प्रशासनका अनुसार १५० जनालाई कोहलपुर जेलमा स्थानान्तरण गरिएको छ । कैलाली जिल्ला कारागारमा कैदीको सङ्ख्या धेरै भएपछि उनीहरूलाई कोहलपुरको नयाँ जेलमा पठाइएको हो । कोहलपुर कारागार स्थानान्तरण गरिएका कैदीमा अधिकाँस लागुऔषध मुद्दाका रहेका छन् ।


