धनगढीः कैलालीमा एक सामुदायिक वनबाट तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ बनखेत स्थित सुरक्षा सामुदायिक वनको जंगलमा जुवातास खेलिरहेका ४ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का ४१ वर्षीय प्रेम रोकाया, गोदावरी–१ का ३३ वर्षीय रतन चौधरी, ४८ वर्षीय मानबहादुर ऐर र दाङ घोराहीका ५२ वर्षीय सुनिल बुढामगर रहेका छन्।
२१ हजार ८८० रुपैँया र एक थान ताससहित उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटीएको टोलीले पक्राउ गरेको हो।


