धनगढी: नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन कञ्चनपुर जिल्ला कमिटिको ११ औँ अधिवेशनको तयारी पुरा भएको छ । सगंठनका केन्द्रिय सदस्य शकंर दत्त जोशीका अनुसार सनिबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको ११ औँ अधिवेशनको तयारी पुरा भएको हो । महेन्द्रनगरको बसपार्क दक्षिणपट्टी मजदुर भवनमा बिहान ९ बजे अधिवेशन उद्घाटनसत्र शुरु हुने जोशीले बताए ।
सगंठनको अधिवेशन उद्घाटनका लागी केन्द्रिय अध्यक्ष भिम ज्वाला राई पुगिसकेका छन् । काठमाण्डौँबाट धनगढी बिमानस्थल हुँदै राई महेन्द्रनगर पुगेका हुन् । कार्यक्रममा एक सय भन्दा बढी मजदुरहरुको सहभागिता हुने अपेक्षा लिइएको छ । अधिवेशन उद्घाटन सगैं अध्यक्ष राइले सडक दुर्घटना न्युनिकरणका लागी चालक तथा सह चालकको भुमिका सम्बन्धी प्रशिक्षणत्मक मन्तब्य राख्ने छन् । राई सगैं अधिवेशनलाई केन्द्रिय उप महासचिव, केन्द्रिय सदस्य, सुदुरपश्चिम अध्यक्ष ललित चन्द लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।



