कैलाली :कञ्चनपुरबाट प्रहरीले अबैध भन्सार छलिका सामान बरामद गरेको छ । कैलालीको धनगढी, टीकापुर, भजनी र कञ्चनपुरको भीमदत्त, लालझाडीबाट प्रहरीले भारतबाट भित्र्याएको अबैध सामान बरामद गरेको हो । शनिबार धनगढी उपमहानरपालिका – ३ फिसरिसोट, धनगढी –१० जुगेडा, धनगढी – १३ राजपुर चोक, टीकापुर नगरपालिका –७ खैरिपुर स्थित भित्री सडक खण्ड, भजनी नगरपालिका –३ कुसमघाट र भजनी – ८ नवलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २ लाख २७ हजार ५२२ रुपैयाँका अवैध सामान बरामद गरेको हो ।
जस अन्रतगत प्याज, चिनी, पास्ता, खाने तेल, खुर्सानी, नरिवल, सुर्ती, मिठाई, चक्लेट, धागो, किसमिस लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


