धनगढी : नेपाल अटो मेकानिक्स ट्रेड युनियनको २७ औँ स्थापना दिवशको अवशरमा रक्तदान देखी बृक्षारोपण लगायतका कार्यक्रम गरिएको छ । सुदुरपश्चिम प्रदेश कमिटि तथा माथहतका जिल्ला र स्थानिय कमिटिहरुले बिभिन्न रचनात्मक क्रियाकलाप गर्दै युनियनको २७ औँ स्थापना दिवश मनाएका हुन् । नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदुरपश्चिम प्रदेश कमिटिले शुक्रबार धनगढीमा एक औपचारिक कार्यक्रम सहित रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) सुदुरपश्चिमका उपाध्यक्ष ठक्कर बिष्टको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले मजदुरका हक अधिकार सुनिश्चित गर्न निकै प्रयास थालिएको बताए । सामान्य समुह देखी सघं बनाउँदासम्म देशभर एक लाख श्रमिक जोडिएको उनले बताए । मजदुरको सामाजिक शुरक्षा तथा अधिकार सुनिश्चितताका लागी सगंठनमा आबद्धता अनिवार्य रहेको उनले बताए ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) सुदुरपश्चिम प्रदेश सचिव चन्द्र प्रकाश गैह्रे, अटो मेकानिक्सका केन्द्रिय सचिव गोपाल केसी, अटो मेकानिक्समा लामो समय काम गरेका अग्रज लगायतले सुभकामना मन्तब्य राखेका थिए । स्थापना दिवशकै अवशरमा सुदुरपश्चिम प्रदेश कमिटिले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमबाट ४५ पिन्ट रगत सकंलन भएको युनियनका सुदुरपश्चिम प्रदेश अध्यक्ष मिन कार्कीले बताए ।

रक्तदान कार्यक्रमका साथै प्रदेश कमिटिले बृक्षारोपण, बर्दगोरिया गाउँपालिका कमिटिले बृक्षारोपण तथा अनाथालयमा खाद्यान्न सहयोग, कञ्चनपुरको भिमदत्त नगर कमिटिले दिप प्रज्वलन तथा सुभकामना आदान प्रदान कार्यक्रम गरेको कार्कीले बताए । यसका साथै अन्य जिल्ला तथा पालिका कमिटिहरुले आ आफ्नो क्षत्रमा बिभिन्न सामाजिक क्रियाकलाप गरेर स्थापना दिवश मनाएको उनले जानकारी दिए ।



