धनगढी: धनगढीमा एक युवकले होटेलको छतबाट हाम फालेका छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकमा रहेको खप्तड सैपाल होटल एण्ड लजमा काम गर्ने बैतडीको दशरथचन्द नगरपालिका-५ का २० वर्षीय हेमराज जोशीले गएराति पौने २ बजे छतबाट हाम फालेका हुन् । उनले मादक पदार्थ सेवन गरी सोही होटेलको एक तला माथिबाट हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले बताए । छतबाट हाम फालेर घाइते भएका जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।
धनगढीको सैपाल होटलका कामदारले छतबाट हाम फाले
धनगढीको सैपाल होटलका कामदारले छतबाट हाम फाले
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

