धनगढी : कैलालीको गोदावरी नरपालिका – ३ मा अत्तरिया देखि खमौरा (गोदावरी – १००)जाँदै गरेको अटोले साइकललाई ठक्कर दिँदा बालक सहित २ जना घाइते भएका छन् । आइतबार दिउँसो से १ ह २७१८ नम्बरको अटोले दमल चोकमा साइकललाई ठक्कर दिँदा २ जना घाइते भएका हुन । घाइते हुनेमा गोदावरी नगरपालिका – ३ मालाखेतीका ५ वर्षीय बालक निमेष भट्टराई र बैतडीको पाटन घर भई हाल गोदावरी – ३ कै कृष्ण मन्दिरका १७ वर्षीय लोकेश भट्टराई रहेको प्रदेश प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाइते दुवै जनाको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको छ ।