धनगढी : कैलाली प्रहरीले नाका तिर आखाँ लाएको छ । कैलालीको त्रिनगर भन्सार नाकामा एक महिनामै ४ जना ईन्चार्जहरु फेरबलद भएका छन् । इन्चार्ज पठाउने फेरी तान्ने क्रम पछिल्ला दिनमा निकै बढी चलिरहेको छ । त्रिनगर प्रहरी चौकीमा इन्चार्ज पठाइएका सईहरु एकैदिनमा तानिएका छन् । सुरुमा त्रिनगर प्रहरी चौकीका इन्चार्ज सई भरतनाथ योगीलाई जिल्ला तानेर अर्का सई दिपेन्द्र किमाडीलाई पठाइयो। तर उनी त्यहाँ एकै दिनसमेत टिकेनन् ।
उनलाई पनि तानेर त्यसपछि उनको स्थानमा जिल्लाबाट वरिष्ठ सई गणेश थापालाई पठाइयो । तर थापा पनि एक दिनमै तानिए। उनलाई त्यहाँ गएको दोस्रो दिन नै फिर्ता बोलाएर अहिले प्रदेश प्रहरी कार्यालयमा दरबन्दी रहेका सई शैलेन्द्र चन्दलाई इन्चार्ज पठाइएको छ । इन्चार्जहरुलाई एक साता समेत टिक्न नदिएर तानिदा प्रहरीमाथी शकां बढेको छ । सिमा नाकाका प्रहरी युनिटहरुबाट महिनावारी रकम उठाउने गरेका बिगतका घटना हेर्दा ईन्चार्ज फेरबदलमा त्यही स्वार्थ देखिएको हुन सक्ने पुर्व प्रहरीहरुनै अनुमान गर्छन् । एक सेवा निबृत्त प्रहरी अधिकारीले सिमा नाकाका चौकी इन्चार्ज एक दिनपनि नटिक्नु कि ठुलै घटना घटेका कारण अथवा हाकिम लाई खुशी पार्न नसक्नुनै रहेको बताए ।
यसरी इन्चार्ज फेरबदलको विषयमा भने कैलाली प्रहरीले नियमित प्रक्रिया र कमजोर कार्यसम्पादन भएको भन्दै स्वभाविक फेरबदल भनेको छ । त्यस अगाडि कैलाली प्रहरीका प्रमुख एसपी पदमबहादुर बिष्टले कार्यसम्पादमा कमजोर देखिएका र स्वैच्छिक सरुवा मागेका प्रहरी इन्चार्जहरुलाई यताउता गरेका थिए । उनले त्यसबखत प्रहरी चौकी कालाकुण्डा, त्रिनगर, पृथ्वीपुर र धनगढी बसपार्कका इन्चार्जहरु फेरबदल गरेका थिए ।
जसमा टीकापुरस्थित कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई गोकुल बलायरलाई तानेर उनको स्थानमा सई बिसन भट्ट, पृथ्वीपुरका इन्चार्ज लक्ष्मीदत्त भट्टलाई तानेर उनको स्थानमा सई हंशराज बिष्ट र धनगढी बसपार्कमा सई यज्ञराज पन्त पठाइएका थिए ।
पछिल्लोसमय केही समयमै नाकामा इन्चार्जहरु तानिने र नयाँ जाने क्रम जारी छ । प्रहरीको जिल्ला र प्रदेशको नेतृत्व फेरिपछि इन्चार्जहरु पनि बेलाबेला बदलिँदै गरेको पाइन्छ । त्यसैक्रममा टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्का कारबाहीमा परेका छन्। अस्ति शनिबार बेलुका उनलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । ड्युटीमा रहेका बेला मापसे गरेपछि उनी कारबाहीमा परेका हुन् । अब उनको स्थानमा नयाँ इन्चार्ज पठाइने बताइन्छ ।