धनगढी : राजनीतिकसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ । राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उहाँले तीन वर्षअघि वि.सं.२०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए ।
यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि सात लाख लगानी गरेर व्यवसाय सुरु गरेका थिए । उनले दाङ र बाँकेबाट आठ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताए । ती बिरुवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन् । ‘भूमिपुत्र कृषि तथा पशुपक्षी फर्म ड्रागन पार्क’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरु गर्नुभएका ढकालले एक वर्षमै फल र बिरुवा बेचेर मनग्य आम्दानी भइरहेको बताए ।
उनको फार्ममा ‘मलेसियन रेड’ प्रजाति ९रातो फल० को ड्रागन लटरम्मै फलेको छ । साथै यो वर्षदेखि उनले ‘हाईब्रेड सी’ रेड प्रजाति (रातो फल) को ड्रागन फलसमेत लगाएको जानकारी दिए । “यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन् तर माग भने बढ्दो थियो, त्यसै कारण तीन वर्ष अगाडि व्यवसाय सुरुआत गरेँ । पहिलो पटक खेती गर्न लागेकाले सफल होला वा नहोला भन्ने अन्योल र चिन्ता थियो तर अहिले राम्रो आम्दानी दिइरहेको छ, यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइन”, ढकालले भने ।
वि।सं।२०४७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको बताउने ढकाल १० बर्से जनयुद्धमा समेत सामेल भए । उनि विप्लव सी नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीमा आबद्ध छन् । पार्टी कामकै सिलसिलामा देशका विभिन्न भागमा जानेक्रममा दाङ र बाँकेमा गरिएको ड्रागन फल खेतीबाट सामान्य जानकारी पाएपछि आफैँले खेती सुरु गरेको ढकालले बताए । पानी नजम्ने बलौटे माटोमा फल्ने ड्रागन फलले वैशाखदेखि कात्तिकसम्म फल दिने गरेको छ ।
स्वादिलो तथा पोषिलो यो फलको माग राम्रो रहेको थाहा पाएपछि यसतर्फ लागेका ढकालले वार्षिक आठ क्विन्टलसम्म फलको कारोबार गरिसकेका छन् । उनले पहिलो वर्षमा ६० किलोग्राम फल बेचेर चार लाखबढी आम्दानी गरेको बताए । दोस्रो वर्षमा आठ क्विन्टल फल र एक हजार बिरुवा बेचेर छ लाख आम्दानी गर्नुभएका ढकालले यो वर्ष १६ क्विन्टल फल र तीन हजार बिरुवा बिक्री गरी १२ देखि १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाए ।
बजारमा ड्रागन फल प्रतिकिलो सात सय ५० पर्ने गरेको छ तर उहाँले बारीबाटै छ सय ५० मा बिक्री गरिरहेका छन्, भने भने बिरुवा दुई सय ५० मा बेचिरहेका छन् छ । उनले तीन जनालाई रोजगारीसमेत दिनुभएको छ । ढकालले एउटा बोटमा पाँच किलोसम्म फल लाग्ने गरेका र उत्पादित फल स्थानीय लम्की बजारका साथै धनगढी, नेपालगन्ज र सुर्खेतसम्म पठाउने गरेको जानकारी दिए । “स्थानीय र जिल्लामा रहेका बजारका साथै टाढाबाट पनि माग आइरहेको छ तर सीमित उत्पादनका कारण मागपूर्ति गर्न सकेको छैन । खेती विस्तार गर्ने योजनाबारे सोच्दैछु”, उनले भने ।