धनगढी : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका समान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाट, धनगढी उपमहानगरपालिका–१४ बल्देबघाट, गोदावरी नगरपालिका–३ चौकीडाँडा र भजनी नगरपालिका– ७ दक्षीणपुराबाट अबैंध रुपमा भारतबाट भन्सार छल गरि ल्याएका अन्दाजी १ लाख ५३ हजार ८९० मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको चिनी, सुर्ती, पेय पदार्थ, टायल, सुटपिस, कुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेना, भीमदत्त नगरपालिका–१० सुकासाल, भीमदत्त नगरपालिका–११ बिद्युत कार्यालय नजिक, भीमदत्त नगरपालिका–१६ मझगाँउ, बेलौरी नगरपालिका–१० भुडा जरसी खल्ला नजिक, पुनर्वास नगरपालिका–११ डोकेबजार र बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ३९ हजार ९७० मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त स्थानबाट चिनी, पेय पदार्थ, खानेतेल, बिडी, अचार, मसला, बिस्कुट, नमकिन, जुत्ता, थान कपडा, कुर्ती, बच्चाको टिसट कट्टु अन्डर वेयर, लेडिज सुट, फराक, द्यबिअप नामक चुरोट, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।


