धनगढी : तेश्रो सिसियस प्लस टु पोस्ट एस ईई फुटसल प्रतियोगिता हुँन लागेको छ । धनगढी स्थित क्रेसेन्ट सिटि स्कुलको आयोजनमा फुटसल प्रतियोगिता हुन लागेको हो । धनगढी एलएन चोक स्थित फ्ल्याटल्याण्ड फुटसलमा २८ गतेदेखी तेश्रो सिसिएस प्लस टु पोस्ट एस ईई फुटसल प्रतियोगिता हुन लागेको हो । एस ईई परीक्षा दिएर बसेका बिद्यार्थी बिच पोस्ट एस ईई प्रतियोगिता हुने भएको हो।
परीक्षा दिएर बसेका बिद्यार्थीहरुको खाली समयलाई सदुपयोग गर्न प्रतियोगिता आयोजना गरिन लागेको बिद्यालयका प्राचार्य हरि जोशीले बताए । खाली समयमा बिद्यार्थीहरुको मनस्थितिमा पर्न सक्ने नकारात्मक असरको सम्भावनालाई ध्यानमा राख्दै खाली समयलाई खेलकुद संग जोडेर समयको सदुपयोग गर्ने उद्देश्यले खेल आयोजना गरिएको उनले बताए । प्रतियोगितामा विभिन्न संस्था र बिद्यार्थीहरुको ब्याक्तिगत प्रतिनिधित्वका आधारमा २० भन्दा बढी छात्र र छात्राहरुको टिमको सहभागिता रहनेछ। शिक्षा संगै खेललाई समेत निरन्तरता दिने गरेको यस बिद्यालयले हरेक बर्ष प्रदेश स्तरमा सिसिएस प्लस टु अन्तर बिद्यालय फुटबल प्रतियोगि समेत आयोजना गर्दै आएको छ ।