धनगढी : धनगढीका एक बृद्ध बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ शान्तीटोलका ७० बर्षिय बाला चन्द बेपत्ता भएका हुन् । राम्रोसँग बोल्न र सुन्न नसक्ने चन्द यही जेठ १२ गते आफ्नो दाजु पहाड जाँदै हुनुहुन्छ भनेर पछी लागेर बजारसम्म गएका बेला बेपत्ता भएका हुन् ।उनी त्यो दिन देखि सम्पर्क बिहिन भएको आफन्त समिर देउवाले बताए ।
साथै बेपत्ता चन्दको खोजि गरिदिन हुन उनले आग्रह गरेका छन् । यदी कसैले कही कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर 9865832488 मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।