धनगढी: धनगढीबाट एक जना बालक बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ डिस्कभरी स्कुल नजिक मोतिचोकबाट गहुँ गोरो वर्णका ७ वर्षीय बालक सम्भव सिंह बेपत्ता भएका हुन्। मङ्गलवार बिहान ६/७ बजे खेल्न भनेर घरबाट निस्केका उनी घर नआएपछि परिवारले खोजी सुरू गरेको हो। डिस्कभरी स्कुलमै कक्षा २ मा अध्ययनरत सिंहको खोजीका लागि परिवारले प्रहरीमा समेत जाहेरी दिएको छ। बालकलाई फेला पार्नुहुने जोकोहीले नजिकको प्रहरी या मोबाइल नम्बर ९८६९५५३७१३ या ९८६३४४६९६२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ