धनगढीः धनगढी उपमहानगरपालिका १५ बस्ने राजमती रानाले संचालन गरेको राम फर्निचर उद्योगबाट अबैध काठ बरामद गरिएको छ । रानाको उद्योगमा चेकजाँच गर्ने क्रममा टाँचा नलगाएको अवैध सालको एक थान गोलिया (२९ क्युफिट) बरामद गरिएको हो।
अन्दाजी ४२ हजार मुल्य बराबरको काठको गोलिया प्रहरी चौकी कनरी र सव–डिभिजन वन कार्यालय फुलवारीबाट संयुक्त रुपमा खटिएको टोलीले फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। फेला परेको उक्त काठलाई सव डिभिजन वन कार्यालय फुलबारीको जिम्मा लगाएको छ।


