धनगढी : कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। जानकी गाउँपालिका ६ स्ववर्णपुर स्थित डुडेझारि सडक खण्डबाट सोही ठाउँ बस्ने २७ वर्षीय अमृत थापा ३०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित आइतवार पक्राउ परेका हुन्।
यसैगरी आइतवारनै धनगढी उपमहानगरपालिका त्रिभुवनचोकबाट सोही ठाउँ बस्ने १७ र १८ वर्षीय किशोरलाई १०० मिलिग्राम लागूऔषध पक्राउ गरिएको छ। तीनै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


