धनगढी :नव उद्दमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहनको बिजेता धनगढीका रोशन कठायत बनेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइमा गारमेन्ट उधोग सञ्चालन गरिरहेका युवा उद्यमी कठायत नव उद्दमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमको बिजेता बनेका हुन् । प्रदेश युवा परिषद् सुदुरपश्चिमको आयोजनामा भएको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमको बिजेता बनेका कठायतले नगद १ लाख पुरस्कार तथा प्रमाणपत्र पाएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश युवा परिषद सुदुरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले नगद र प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । बिगत ५ बर्षदेखी धनगढीको जाइमा आर सि गारमेन्ट उद्योग सञ्चालन गरिरहेका उनले सो पुरस्कार प्राप्त गरेका हुन् । धनगढीमा सम्पन्न कार्यक्रमको बिजेता बनेका कठायतले २५ लाख लगानी लगाएर ५ बर्षअघी ब्यवसाय शुरु गरेका थिए । हाल १ करोड २५ लाख बराबरको लागत लगाएका कठायतले २२ जना कामदार मात्रै राखेका छन् । गारमेन्टबाट उत्पादित कपडाहरु उनले सुदुरपश्चिम भरी बिक्रि गर्ने गरेका छन् ।
नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहनमा बाजुराको हिमाली गाउँपालिकामा हिमाली नेपाली कागज उत्पादन गर्दै आएका चन्द्रबिर बुढाले दोश्रो स्थान प्राप्त गरेका छन् । बुढाले हिमाली गाउँपालिका कोटमा हिमाली नेपाली हाते कागज उत्पादन गर्दै आएका छन् । उनले नगद ७५ हजार पुरस्कार सहित प्रमाणपत्र पाए । उनलाई जिल्ला युवा शसक्तीकरण समिति कैलालीका अध्यक्ष बाबुराजा श्रेस्ठले प्रमाणपत्र तथा नगद हस्तान्तरण गरेका थिए । यस्तै कार्यक्रमको तेस्रो स्थान अछाम चौरपाटी गाउँपालिकामा टिमुर खेती तथा कालिज फर्म सञ्चालन गर्दै आएका गौरव जोशीले प्राप्त गरे । उनलाई पत्रकार महासघं सुदुरपश्चिम प्रदेशका सचिव हरि प्रसाद जोशीले नगद ५० हजार सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रदेश युवा परिषद सुदुरपश्चिमले युवाहरुलाई प्रोत्साहन गर्ने गरी आयोजना गरेको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम एकदमै स्वागतयोग्य रहेको कार्यक्रमको बिजेता रोशन कठायतले बताए । यि कायृक्रमले सरकार भएको आभास हुने गरेको उनले बताए । आफ्नै देशमा केही गरिरहेका युवाहरुलाई सानै भएपनि प्रोत्साहन गर्ने कार्यक्रम हरेक जिल्ला र स्थानिय तहमा नियमित सञ्चालन हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष कुवँरले परिषदले युवा प्रोत्साहन संगै युवाहरूको नेतृत्व र व्यक्तित्व बिकासमा सृजनात्मक कार्यहरु गर्दै आएको बताए । हामी सानै भएपनि युवाहरुलाई प्रोत्साहन गर्न चाहान्छौँ कुवँरले भने “सरकारले सबैलाई अनुदान र पुरस्कारनै दिन्छ भन्ने छैन, केही भएपनि प्रोत्साहन गर्न खोज्ने हो, हामीले प्रदेशका ९ वटै जिल्लाहरुबाट युवाहरु यस कार्यक्रममा सहभागी होउन भनेर सुचना जारी गरेका थियौँ तर सहभागी हुन युवाहरु किन पन्छिनुभयो थाहा भएन यस कार्यक्रमका लागी ६ जनाको मात्रै आवेदन परेको थियो, ति मध्ये उहाँहरुका प्रस्तुतीबाट निर्णायकहरुले छनौट गर्नुभयो त्यही अनुसार पुरस्कार उपलब्ध गराएका छौँ ।” हामीले नेपालमा केही सम्भावना छैन भनेर हल्लाको पछि लाग्नु हुन्न उनले भने “खाडीमा गएर पसिना बगाउनु भन्दा सानो लगानी गर्न सके नेपालमै केही गर्न सकिन्छ, सानोबाटै ठुलो हुने हो, हामीले अरुलाई दोष दिएर बिदेश तिर दौडीनु भन्दा आफैबाट शुरुवात गर्नुपर्छ, सरकारले कहिले काहीँ केही अनुदान देला, उत्कृष्ठ भए सम्मान गर्ला अरु यस्तै हो, गर्ने भनेको आफैले हो त्यसैले आफैबाट स्वदेशमै स्वरोजगार बन्न शुरु गरौँ, अनी मात्रै प्रदेश र देश सम्बृद्ध बन्छ ।”
प्रतियोगितामा निर्णायकको भुमिकामा परिषदका कार्यकारी सदस्य शेर बहादुर बिष्ट, अन्तर्राष्ट्रिय खेलाडी तथा युवा व्यवसायी प्रकाश कुमार चन्द र कैलाली बहुमुखी क्याम्पसका उपप्राद्यापक गगन राज घिमिरे रहेका थिए । कार्यक्रममा सुदुरपश्चिम प्रदेश अन्तर्गत विभिन्न जिल्लामा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध युवाहरुको सहभागिता रहेको थियो । समारोहको अध्यक्षता परिषद्का कार्यकारी सदस्य दिनेश सिंहले गरेका थिए ।